काठमाडौं । सरकारले २१ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्न लागेको हो ।
वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरू पुरस्कृत हुने भएका हुन ।सरकारले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारका लागि छनौट गरेको हो ।उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजुप्रसाद गुरागाईं, सागर मिश्र, चुडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन् ।यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी र केशव राज पार्धे,वेदप्रसाद खनाल, प्रेमकुमार पोखरेल, शितल सिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदयप्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउद र राममाया गुरुङ,डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहलबहादुर जिरेल रहेका छन् । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।
दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी हाम्रो स्थायी सरकार भएको बताउदै सरकारको शारीरिक अङ्ग भनेकै निजामती कर्मचारी भएको बताएका छन ।उनले भनेका छन – हाम्रा बाटाघटा समयमै बनाउन, सरकारले दिएको सेवा नागरिकसम्म पुर्याउन निजामती सेवा चुस्त हुनु पर्छ । शरीर स्वस्थ हुन जसरी सबै अङ्ग राम्रोसँग चल्नु पर्छ, त्यसैगरी नागरिकले सेवा पाउन निजामती कर्मचारीको भूमिका हुन्छ। आज निजामती सेवा दिवस, देशभरका राष्ट्र सेवक कर्मचारीलाई एउटै ताल र एउटै लयमा नागरिकको सेवामा जुट्ने सफलता मिलोस् । निजामती सेवा दिवसको शुभकामना !!

