काठमाडौं । महाकाली नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन ।
लगातारको अबिरल बर्षासँगै आएको बाढीले भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बिस्थापित भएका छन ।त्यस्तै,जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी घर परिवार बिस्थापित भएका छन ।
पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन ।बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेकोे छ ।

