काठमाडौ । उडान शैक्षिक केन्द्रलाई पराजित गर्दै मैत्रीनगर क्रिकेट क्लब चन्द्रागिरि टी–१० क्रिकेट च्याम्पियन बनेको छ ।

२० ओभरमा खेलाइएको फाइनल खेलमा मैत्रीनगर क्रिकेट क्लबले ११६ रन बनाउदा उडान शैक्षिक केन्द्र १५.३ बलमा अल आउट हुदै ७१ रनमा सिमित भएको थियो । मैत्रीनगर क्रिकेट क्लबले उडान शैक्षिक केन्द्रलाई ४५ रनले पराजित गरेको हो ।आर्यन,प्लेर अफ द म्याच घोषित भए भने प्रतियोगिता भरी १ सय ८ रन बनाएका अरुण साह कलवार वेष्ट ब्याट्स म्यान घोषित भए । प्रतियोगितामा १० विकेट लिएका रन्जित दहाल वेष्ट बलर घोषित भए भने म्यान अफ द सिरिज भएका पंकज प्रसाद पन्थिले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा ३ महिनाको स्कलरशिप प्राप्त गरेका छन ।

 

चन्द्रागिरि क्रिकेट एशोसियसनको आयोजनामा प्रतियोगिता भएको हो ।प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको मदन भण्डारी खेल मैदानमा आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय