काठमाडौं । तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्लीन भीजन युथ क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा क्लीन भीजनले एभरेष्ट युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता क्लीन भीजन युथ क्लबले नगद ४ लाख रूपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ भने दोश्रो भएको एभरेष्ट युथ क्लबले नगद २ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।तेश्रो स्थानका लागि आजै भएको खेलमा मिलन युथ क्लबले समतामुलक युथ क्लबलाई ट्राइरेकर्डमा पराजित गरेको हो । तेश्रो भएको मिलन युथ क्लबले नगद १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको वेष्ट किपर क्लिन भिजनका कुशल गिरी,वेष्ट डिफेन्डर क्लीन भीजनका सन्दीप कार्की,वेष्ट प्लेयर एभरेष्ट युथ क्लबका राम वाजी,हाइस्कोरर एभरेष्ट क्लबका उज्वल राई घोषित भए । उनीहरुले नगद १० हजार, ट्रफी, मेडल प्राप्त गरे ।लोरेन क्लब फेयर प्ले घोषित भएको छ ।प्रतियोगिताका प्रमुख अतिथि संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले विजेताहरुलाइ पुरस्कार बितरण गरेका हुन ।
मातातीर्थ संरक्षण तथा बिकास संस्थाको आयोजनामा भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

