काठमाडौं । शुक्रबार राति भारतको चेन्नईनजिकै यात्रुवाहक रेल रोकिराखेको मालवाहक रेलसँग ठोकिएको छ।
दुर्घटनामा यात्रुवाहक रेलका १३ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए।रेल दुर्घटनामा हालसम्म १९ जना घाइते भएका छन्।दुर्घटनामा रेलको एउटा डिब्बामा आगो पनि लागेको छ । यात्रुवाहक रेल मैसुरबाट दरभंगातर्फ गइरहेको थियो । सरकारले उद्धार र राहतको काम तीव्र गतिमा गरिरहेको दाबी गरेको छ । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ।
घर फर्कने अन्य यात्रुका लागि खाना र यात्रा सुविधाको व्यवस्था गर्न छुट्टै टोलीले काम गरिरहेको र सरकारी अधिकारीहरु उद्धारको निगरानी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय