काठमाडौं । भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ ।
आईतबार राति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर घाइते भएका उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।पक्राउ परेकामध्ये एक जना हरियाणा र अर्का एक जना उत्तर प्रदेशका रहेका छन् ।
सिद्दिकी बिगत ४८ वर्षदेखि कांग्रेसमा थिए । गएको फेब्रुअरीमा उनी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भएका थिए ।सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुन ।

