काठमाडौं । ब्रिक्स सम्मेलनका क्रममा रुसको कजानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले पनि दुबै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो । कुराकानीमा सीमा विवादमा दुबै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रुपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् ।
दुई देशका विदेश मन्त्रीस्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि सम्वाद सुरु गरिने बताइएको छ ।

