काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेको छ ।
धन्तेरसको दिनमा किनिएका भाँडाकुँडा तथा गर गहनाहरुलाई कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा गर्नाले मानिसको जीवनमा लक्ष्मी स्थिर रुपमा रहने र आरोग्यता प्राप्त हुने मान्यता रहेको छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धन्तेरसलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी लगायतका नामले पनि चिनिने गरिन्छ ।
नेपालीहरुको दोस्रो ठुलो चाडको रुपमा मनाउँदै आइएको तिहारको संघारमा पर्ने धनतेरस पर्वको अवसरमा सुनचाँदी तथा भाडाकुडाँ बिक्री गर्ने पसलहरुमा भिड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय