काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।
नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । ९८ रनको लक्ष्य पाएको नेपालले विना क्षती ४.२ ओभरमा पूरा गरेको हो ।कप्तान जोराले ५० रन, अर्धशतकपछि रिटायर्ड आउट भएका थिए ।
रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए ।समूह बी मा रहेको नेपालले अब भोलि अष्ट्रेलियाको सामना गर्नेछ ।

