काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्यान्डसँग खेल्दै छ ।
नेपाल र स्कटल्यान्डबिचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा नेपाली टिमका प्रमुख फास्ट बलर करण केसी भने खेल्ने छैनन ।चोटका कारण केसी खेल्न नसक्ने भएका छन् । उनलाई अमेरिकासँगको अघिल्लो खेलमा चोट लागेको थियो ।क्यानका अनुसार करणसँगै ब्याट्सम्यान भीम सार्की पनि चोटका कारण स्क्वाडबाट बाहिरिएका छन् । करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए ।
स्कटल्यान्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको थियो । लिग टु को यस सिजनमा स्कटल्यान्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अङ्क जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अङ्क मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रूपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय