काठमाडौं । बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता लागेको हो ।
६ जनाले नै आईतबार राति पुरी र तरकारी खाए संगै बिरामी परेको बताइएको छ । झाडाबान्ताले सिकिस्त भएका ६५ वर्षीय केशवराम अहिरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादवलाई झाडाबान्ता लागेको छ ।
अहिले उनीहरुको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको छ। १४ वर्षीय जसमनको अवस्था गम्भीर रहेको छ ।

