काठमाडौं । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु भएको छ ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७ सय ३ मिटरको दुइटा ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । ज्वालामुखीका कारण नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेकोे छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिसहरुलाइ अन्यत्र स्थानान्तरण गरिएको छ । विस्फोटबाट दश हजार भन्दा बढी मानिस प्रभावित भएका छन ।ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रबिन्दु) को सात किलोमिटर दायराभित्र केही गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।
साथै लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ ।

