काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।
गहिरो खोलामा खसी भएको बस दुर्घटना परी ४ जना घाइते भएका छन् ।दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो । दुर्घटनामा घाइतेहरुको उद्धार गरि स्थानिय अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटना भएको हो ।

