काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र दुई जना म्यान्माका नागरिक मङ्गलबार साँझ सुन सहित पक्राउ परेका हुन ।उनीहरु एयर अरेबियाको विमान चढेर काठमाडौ अवतरण गरेका थिए ।
पक्राउ परेकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

