काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।
वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् ।उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् ।
शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय