काठमाडौं । पछिल्लोसमय महिला खेलाडीहरूले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण छ ।
सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ। पहिलोपटक आईसीसी यु–१९ T20 महिला विश्वकपमा छनोट भएर नेपाली टीमले देशको गौरव बढाएको छ।आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे ।डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने भयो ।
यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लियो । ८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६ ओभरमै जित हात पार्दै २०२५ मा हुने आईसीसी यु–१९, T20 महिला विश्वकपमा छनोट हुन सफल भएको हो ।
बधाई टीम नेपाल !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय