काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली स्वदेश फिर्ता भएको छ ।
बिहीबार बेलुका फर्कियको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाई भव्य स्वागत गरिएको हो ।दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर सन २०२५ जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।
महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक भएकाले यो टोलीले नेपाली क्रिकेटमा इतिहास रचेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय