काठमाडौं । भारतको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको छ ।
सातवटा शवको पहिचान भइसकेको छ भने तिन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । आगलागीमा परी अन्य १६ शिशुको अवस्था गम्भीर रहेको छ ।शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो । अविनाश कुमारले वार्डको युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ । बालबालिकाको मृत्युलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन ।

