काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको कार दुर्घटनामा परि दुई जना नेपालीहरूको मृत्यु भएको छ ।
रुकुम जिल्ला, आठबिसकोट नगरपालिका वडा नम्बर ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदीको दुर्घटनामा परि ज्यान गएको हो । कारमा चार जना नेपाली सवार थिए । नोभेम्बर २२ तारिख बिहान साढे बाह्र बजे भएको दुर्घटनामा एक जना घाइते भएका छन । घाइते हुनेमा काठमाडौंका मेहुल श्रेष्ठ रहेको र उनीको अस्पतालमा उपचार भईरहेको जनाइएको छ । कार चालक ३० वर्षीय विजय तामाङ भने सुरक्षित छन्,उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको हो ।
चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।

