काठमाडौं। अजरबैजानको बाकुमा भएको कोप-२९ शिखर सम्मेलनको अन्तिम समयमा जलवायु वार्ताले मूर्त रुप लिएको छ ।
सम्मेलनको समय सकिएर अतिरिक्त समयमा भएको जलवायु वार्तामा विकासोन्मुख मुलुकका लागि सन् २०३५ प्रतिवर्ष सम्म ३ सय बिलियन डलर क्षतिपूर्ती प्रदान गर्ने सम्झौता भएको छ । बढी कार्वन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनेमा लामो समय सहमति नभएपछि यसपटकको कोप- २९ को शिखर सम्मेलन उपलब्धिबिहिन हुने अवस्थामा पुगेको थियो । तर अन्तिम समयमा भएको सम्झौताले कार्वन उत्सर्जन नगर्ने तर त्यसको मार भने खेप्ने विकासशील र विकासोन्मुख मुलुकलाई केही राहत मिलेको छ । कोप-२९ मा झण्डै २ वटा सय देश सहभागी भएका थिए ।
जलवायु परिवर्तनको मार खेपिरहेका गरिब मुलुकहरुले धनी मुलुकहरुसँग जलवायु युद्ध लड्नका लागि सहयोग गर्न १ दशमलब ३ ट्रिलियन डलर माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय