काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आयोजनामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोली मंसिर १७ गतेबाट सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले सोमबार चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित नैकाप फुटबल मैदानमा बिहान साढे १० बजे गर्नेछन । प्रतियोगितामा सामुदायिक र संस्थागत बिद्यालयका १ हजार ७ सय ६४ खेलाडिको सहभागिता रहने आईतबार नगर कार्यपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । बालबालिकाहरुलाई बिभिन्न खेलमा सहभागि गराई आफ्नो रुचि अनुसारको बिधामा उत्कृष्ठ र पदक बिजेता खेलाडिलाई जिल्ला,प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागि यराउने प्रतियोगिताको उद्देश्य रहेको नगर प्रमुख घनश्याम गिरिले बताए ।प्रतियोगितामा १ हजार ६३ छात्र र ७ सय १ छात्राको सहभागिता रहने छ ।प्रतियोगितामा मुलतः भलिबल,कवड्डि,मार्सल आर्ट र एथ्लेटिक्स गरि ४ बिधाका खेलहरु हुनेछन ।भलिबलको खेलहरु न्यू डायमण्ड यूथ स्पोर्ट क्लब पूरानो नैकापमा,कबड्डिका खेलहरु ब्राइट फ्युचर मा.बि तिनथानामा,एथलेटिक्सका खेलहरु नैकाप फुटबल ग्राउण्डमा र मार्शल आर्टसका खेलहरु रिव्स स्कुल मा खेलाइने छ । कुल २५ लाखको बजेटमा हुने प्रतियोगितामा सहभागि खेलाडिलाई एक सय रुपैया बराबरको खाजा खर्च दिइने आयोजक चन्द्रागिरि नगरपालिका,शिक्षा,यूवा तथा खेलकुद शाखाले जनाएको छ ।
नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत गरि कुल ४२ बिद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिता मंसिर १९ गते समपन्न हुनेछ ।

