काठमाडौं । बडोदा क्रिकेट टोलीले बिहीबार इतिहास रच्दै टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान बनाएको छ ।
मध्य प्रदेशको इन्दौरमा भएको सैयद मुश्ताक अली ट्रफीको यस खेलमा बडोदाले सिक्किमविरुद्ध ५ विकेटमा ३४९ रन बनाएको हो ।यससँगै बडोदाले अक्टोबरमा टि–२० मा जिम्बाब्वेको सर्वाधिक ३४४ रनको कीर्तिमान तोडेको छ । जिम्बाब्वेले गाम्बियाविरुद्ध यो कीर्तिमान बनाएको थियो ।यसका साथै बडोदाले टी–२० इनिङ्समा सबैभन्दा बढी ३७ छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएको छ ।यसअघि यो कीर्तिमान पनि जिम्बावेको नाममा थियो । जिम्बाब्वेका खेलाडीले गाम्बियाविरुद्धको खेलमा २७ छक्का प्रहार गरेका थिए ।
जवाफमा सिक्किमको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सकेको थियो ।

