काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परि बम घाइते भएका छन् ।राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बरको गाडी शनिबार साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन् । घाइतेहरुकोे धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय