काठमाडौं । सशस्त्र प्रहरीले वीरगंज भन्सारको मुल द्वारा अगाडि बाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध पक्राउ गरेको छ ।
तेस्रो लिङ्गीको रुपधारण गरि भारत बाट नेपाल तर्फ पैदल आउदै गरेका पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहाका मिश्रि रामको साथ बााट लागूऔषध बरामद गरेको हो ।हरियो खुर्सानी बोकेको बोरा भित्र लुकाएर ल्याउदै गरेको डाइजेपाम, नुर्फिन लगायतका लागूपदार्थ करिव दुई हजार एम्पुल बरामद भएको हो ।
पक्राउ परेका रामलाई थप अनुसन्धान र कारबाहीका लागि इनरर्वा प्रहरी चौकीमा बुझाइएको छ ।

