काठमाडौं । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।
आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।बा. २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरेकी छिन् ।तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।गाउँपालिकामा एउटै गाडी छ । त्यही गाडी पालो मिलाएर अध्यक्ष र उपाध्यक्ष चढ्छन् ।
पालिकाले भाडामा लिएको नीजि नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय