काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपाल गाउँमा दुई बालिका आफ्नै घरभित्र मृत फेला परे ।
३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी रानाको हत्या आशङ्कामा प्रहरीले उनीहरुकै आमा २६ वर्षीया पूर्णिमा रानामगरलाई नियन्त्रणमा लिएको छ । बालिकाका बुवा टेकमान राना कामको सिलसिलामा नुवाकोटमा रहेका छन् ।घटनाअघि बुधबार बिहान नुवाकोटमा रहेका श्रीमानसँग फोनमा झगडा भएको र रिसमा आफू पनि मर्ने उद्देश्यले छोरीहरूलाई मारेको पूर्णिमाले बयान दिएकी छन ।
थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय