काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ ।
फसेका आठ जनाको उद्धार गर्ने प्रयास भइरहेको छ । बिष्फोट पछिको २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न प्रयास गरिरहेका छन् ।बिहीबार भएको उक्त घटनामा ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए ।
विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय