काठमाडौं । बुधबार रातिदेखि नै कम्तिमा ३ हजार प्रहरी कर्मचारी परिचालनमा संलग्न रहेका थिए ।
विद्रोहको केन्द्रविन्दु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जंगली क्षेत्रमा भने बिहीबार अपरेशन सुरु भएको थियो ।सशस्त्र विद्रोहको गढ रहेको छत्तीसगढ राज्यमा भारतीय सुरक्षा बलले गरेको अपरेशनमा कम्तीमा १२ माओवादी विद्रोहीको ज्यान गएको हो ।
त्यसोत भारतमा माओवादी विद्रोहीले उनीहरू सीमान्तकृत आदिवासीहरूको अधिकारको लागि लडिरहेको बताउदै आएका छन यद्धपी दशकौं लामो विद्रोहमा १० हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ ।

