काठमाडौं । चन्द्रागिरि नमूना क्लवको आयोजनामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ नमुना बस्ती स्थित ब्याडमिन्टन कोर्टमा बिहिबार प्रतियोगिता आयोजना भएको हो ।प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फ मनिस केसी र धनपती मैनालीको जोडी प्रथम हुदाँ आकाश जोसी र मुकुन्द खड्काको जोडी दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समुह ‘बि’ तर्फ मोहन प्रसाद पाठक र विजय लुडेलीको जोडी प्रथम हुदाँ राजेन्द्र केसी र विनोद आधिकारीको जोडीले दोश्रो स्थान प्राप्त गर्यो । प्रतियोगितामा ३० जना खेलाडी सहभागी थिए ।
२०७८ सालमा स्थापना भएको चन्द्रागिरि नमूना क्लवले बिभिन्न समयमा ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको र होलीका अवसरमा शुभकामना आदानप्रदान सहित यसपालि,पहिलो पटक प्रतियोगिताको आयोजना गरेको क्लवका अध्यक्ष प्रकाश चन्द्र ओडारीले बताए ।

