काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको हो ।

बिमानमा १७८ जना यात्रु सवार थिए । १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको बिमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिए पनि १२ जना भने सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ । विमानमा आगो लागे पछि धेरै यात्रुहरूलाई पखेटा र आपतकालीन स्लाइडहरू चढेर बाहिर निकालीएको थियो । बोइङ ७३७–८०० विमान इन्जिनमा समस्या देखिएपछि आगो लागेको हो ।

अमेरिकन एयरलाइन्सको उडान १००६ कोलोराडो स्प्रिंग्स विमानस्थलबाट उडेको थियो,चालक दलले इन्जिन कम्पन भएको रिपोर्ट गरे पछि बिमानलाई अवतरण गराइएको थियो । अवतरण पछि र गेटमा ट्याक्सी चढ्ने क्रममा इन्जिनमा आगो लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय