काठमाडौं । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अर्का दुई जना घाइते भएका छन् । लु २ च २९९० नम्बरको डवलक्याप जिप लुटीपोखरीदेखि खनदह जाँदै गरेको अवस्थामा ढुङ्गागाडेमा दुर्घटनामा परेको हो ।जिप सडकबाट करिव २ सय ५० मिटर भन्दा तल खसेको हो । रातिनै दुघृटना भएको भएपनि प्रहरीले भने आइतबार बिहान ३ बजे मात्रै जानकारी पाएको थियो । सडकबाट धेरै तल अप्ठ्यारोमा जिप खसेकाले उद्धारमा समेत समस्या भएको थियो ।दुर्घटनामा परि जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका ४ का २१ वर्षीय दिलीप खनाल सोही ठाउँका २३ वर्षीय वालकृष्ण रिजालको मृत्यु भएको छ । भुवन पोखरेल र वसन्त पोखरेल गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई सन्धिखर्कमा सामान्य उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

