काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो आगलागी हुँदा ३ वटा फिडरबाट विद्युत् वितरण प्रभावित भएको छ ।

फिडरहरूमा विद्युत् दिने र काट्ने कार्यका लागि प्रयोग हुने ब्रेकर प्यानलको स्विच सञ्चालन गर्न खोज्दा ’स्पार्क’ भएर उक्त प्यानलमा आगलागी भएपछि विद्युत् वितरण अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

https://www.facebook.com/share/v/1DHRcE6Zu1/

अवरुद्ध भएका फिडरमा विद्युत् सेवा सुचारु गर्न जलेका बाहेक ब्रेकर प्यानलको ’लोड क्याल्कुलेशन’ गरी लोड दिन मिल्ने देखिएका क्षेत्रमा अस्थायी आपूर्ति सुरु भएपनि अन्य क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

आगलागी नियन्त्रणमा लिन चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र तथा नगर प्रहरीहरू, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग मातातिर्थ लगायतका यूनिटबाट खटिएका प्रहरीहरुलाई झण्डै २ घण्टा लागेको थियो ।

चन्द्रागिरिको बारुण यन्त्रका कारण सव स्टेशनमा हुन सक्ने थप करौडौको क्षति भने हुन पाएन ।

समयमै आगो नियन्त्रणमा आएका कारण अन्य ब्रेकरमा आगो सल्किन नपाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय