काठमाडौं । जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् ।
कुशे गाउँपालिकाको पैङ्क क्षेत्र केन्द्रबिन्दु भएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन । पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो ।
त्यसैगरि दोस्रो भूकम्प आज बिहान (वैशाख २ गते मंगलबार) ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भुकम्प गएको हो । भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय