काठमाडौं । विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ ।
पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहितको टोली १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले अन्तरिक्ष यात्रा गराएको थियो ।पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजले अन्तरिक्ष यात्रा गरेका हुन ।महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेको थिएन ।सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।
https://www.facebook.com/share/v/1ZVdzYZcek/
यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए ।ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो ।

