काठमाडौं । गत २०८१ बैशाख ३१ गते मन्त्रालय र ठेक्केदार कम्पनी बिएसपि जय श्री महालक्ष्मी जेभि बिच ३ करोड ९३ लाख ५२ हजार ८ सय ४९ रुपैयाँ लागतमा सडक स्तरउन्नतीको सम्झौता भएको थियो ।
पछि थप ७५ लाख रुपैयाँ बजेट थप गरिएसंगै उक्त सडक खण्डको ११ सय मिटर लम्बाइ कालोपत्र हुने अन्तिम क्षणमा पुगेको हो । ७ मिटर चौडाईको कालोपत्रे रहने सो सडकमा साढे ७ मिटरको ग्राइवेल बेस बिच्छाउने कार्य भइरहेको छ । मौषमले साथ दिए अबको १२/१५ दिन भित्र कालोपत्रे गरिसक्ने निर्माण ठेक्का पाएको कम्पनीको योजना रहेको छ । बिभिन्न समयमा उक्त सडक खण्डमा दुर्घटना बढदै गएको र मानबिय क्षति हुन थालेपछि सरोकारवालाहरुले सडकको अवस्था तत्काल सुधार गर्न माग गरेका थिए । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान मार्ग) को स्तरउन्नतीको कार्य भइरहेको छ ।
https://www.facebook.com/share/v/162AqMYHaL/
अर्थमन्त्रालयद्वारा बिनियोजित बजेटले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिको कार्य भइरहेको हो । सोही अनुरुप सडक बिस्तार,प्लम्ब वाल,ग्याबिन तथा कालोपत्रे गर्ने मुख्य कार्य रहेको र ति कार्य २०८२ बैशाख ३० गते सम्म सम्पन्न गरिसक्नु पर्ने छ ।

