काठमाडौं । पछिल्लो समय सरकार र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित स्थानीय बिच मुटभेटको संम्भावना प्रबल हुदै गएको छ ।
स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए ।उनीहरुको माग प्रति गम्भिर हुनुको सट्टा आयोजनाले प्रहरी सुरक्षामै काम अगाडि बढाएपछि स्थानीय थप रुष्ठ भएका हुन । स्थानीयले निःशुल्क खानेपानीको व्यवस्था गर्नुपन,सुरुङमार्गका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन । २०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर ६५ महिना बित्दा पनि सकिएको छैन । २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ ।
सुरुङ निर्माणको प्रगति ८८ प्रतिशत रहेको आयोजनाले जनाइरहदा स्थानीयको माग प्रति उपेक्षा गर्दे प्रहरी परिचालन गरेर काम अगाडि बढाउने आयोजनाको कार्यशैली प्रति स्थानीय थप रुष्ठहुदै राँके जुलुस निकालेको र जुलुसका क्रममा स्थानीय र प्रहरी बिच झडप समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय