काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित स्थानीय र सरकार बिच मुटभेटको संम्भावना प्रबल हुदै गए पछि चन्द्रागिरि नगरपालिकाले तदारुकता देखाएको हो ।

नगरप्रमुख घनश्याम गिरीले गत आइतबार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रभावित स्थानीयसंग कुराकानी गरेका थिए । संघर्ष समितिका संयोजक गोपी सुर्खेती सहितको स्थानीय संगको भेटमा स्थानीयले आयोजना प्रमुख र प्रहरी प्रशासन सहितको वार्ता हुनुपर्नै अडान राखे संगै नगरप्रमुख गिरिले बैशाख ११ गते छलफलका लागि सरोकारवाला निकायलाई नगरपालिकामा बोलाएका हुन ।उक्त परिस्थिती संगै स्थानीयले दैनिक बिहान शान्तिपूर्ण धर्ना दिइरहेका छन र आन्तरीक रणनिती र थप संघर्षका कार्यक्रमको योजना बनाइरहेका छन । यता,आयोजनाले भने प्रशासनको बल सहित कार्य अघि बढाइरहेको छ । स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए ,वार्ताका लागि पटक–पटक बोलाउदा पनि स्थानीय नआएको भन्दै आयोजनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः अघि बढाएको थियो ।

अहिले पनि निक्कै तनावका बिच कार्य अघि बढीरहेको छ । स्थानीयले निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने,सुरुङमार्गका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन ।२०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर ६५ महिना बित्दा पनि सकिएको छैन । २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । सुरुङ निर्माणको प्रगति ८८ प्रतिशत रहेको आयोजनाले जनाइरहदा स्थानीयको माग प्रति उपेक्षा गर्दे प्रहरी परिचालन गरेर काम अगाडि बढाउने आयोजनाको कार्यशैली प्रति स्थानीय थप रुष्ठहुदै मसाल जुलुस समेत निकाली सकेका छन ।

जुलुसका क्रममा स्थानीय र प्रहरी बिच झडप समेत हुँदा केहि घाइते समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय