काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ढुङ्गेअड्डामा पाँच पोखरी यातायातको यात्रुबाहक बसमा आगलागी भएको हो ।
चेकपोस्ट बाट थलि चल्ने प्रदेश ३–०१–००५ ख ९७८६ नम्बर को पाँच पोखरी यातायातमा आगलागी हुदाँ मानविय क्षति भने भएको छैन । आगलागीबाट बस पुर्ण रूपमा जलेको छ । बसको तार सर्ट भई अचानक आगलागी भएको प्ररम्भिक अनुसनधानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।
घटना बिहिबार दिउसो सवाँ १ बजेको समयमा भएको हो ।

