काठमाडौं । प्रहरी बृत्त थानकोटको कमाण्ड बुधबारबाट डीएसपी एलिजा गिरीले सम्हालेकी छन ।
उनलाई प्रहरी बृत्त थानकोटमा कार्यरत प्रहरीहरुले स्वागत गरे । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन शाखा नक्सालमा सेवारत गिरीलाइ सरुवा गरी थानकोट बृत्तको इञ्चार्जको जिम्मेवारी दिइएको हो । टेलिभिजनमा समाचार बाचिका र केहि म्युजिक भिडियोमा मोडल समेत रहेकी एलिजाले प्रहरी निरिक्षक रहदा कोटेश्वर प्रहरी प्रमुख भएर गरेको कार्य सम्पादनको सर्बत्र चर्चा रहेको थियो ।नेपालगंजबाट प्लस टु को अध्ययन गरेर उच्च शिक्षाका लागि काठमाडौं आएकी एलिजाले एमबिएको अध्ययन पश्चात प्रहरी सेवामा प्रवेश गरेकी हुन ।२०७० साल चैत्र ९ गते प्रहरी सेवामा प्रवेश गरेकी एलिजा नेपाल प्रहरीको १५८ ब्याच हुन । उनले १७ महिनाको ट्रेडिङ्ग पश्चात सेकेण्ड इन्चार्जको रुपमा ठमेलमा कार्य गरिन ।त्यसपछि सिआइबिमा मानव तस्करी र ठगी सम्बन्धी केसहरु हेर्ने गर्थिन ।
सानै देखि प्रहरी सेवा प्रति आकर्षित एलिजाले सानैमा म प्रहरी भइन भने केही पनि हुदिन होला भन्ने भावना पालेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय