काठमाडौं । आज अक्षय तृतीया । महर्जन थरका नेवाः समुदायको देवाली पुजा गर्ने तिथी ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडी,वडा नम्बर १० सतुंगल लगायतका स्थानमा बसोबास गरेका महर्जन थर भएकाहरुले दंगुद्यमा पुजा आरधना गरि देवाली पुजा गरेका छन । एका बिहानै नुवाई धुवाइ चढाउनका लागि देउमली सहित दंगुद्यमा पुजा गरि देवाली मनाएका हुन । चन्द्रागिरि –५ स्थित किपुल्चा देप्चारव्यमा चन्द्रागिरिको किसिपिडी,सतुंगल सहित कीर्तिपुर,पांगाका महर्जनहरुले बोका हाँसको बली सहित पुजा गरेका हुन । पुजा गरिसकेपछि समयबजी खाने प्रचलन रहेको छ । बली दिइएको हाँस बोकाको मासु भने प्रसादको रुपमा थकाली र दाजुभाईलाइ बाढने प्रचलन रहेको छ ।साथै समुदायमा रहेका थकालीहरुलाइ सगुन दिने प्रचलन पनि रहेको छ ।
आजको दिनमा महर्जन थर भएकाहरुको घरमा भात पकाउन हुदैन भन्ने मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय