काठमाडौं । आज अक्षय तृतीया । शास्त्रमा अक्षय तृतीया अबुजा मुहूर्त अर्थात् कुनै पनि शुभ कार्य वा केही खरिदका लागि मुहूर्त नचाहिने तिथि ।
अक्षय तृतीयामा सबै प्रकारका शुभ कार्यहरू शुभ समय बिना नै सुरु गर्न सकिन्छ । अक्षय तृतीयाको पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ। अक्षय तृतीयालाई अख्खा तीज पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय वा नाश हुँदैन भन्ने हो । शास्त्रका अनुसार अक्षय तृतीयालाई एक वर्षको साढे तीन शुभ मुहूर्त मध्ये एक मानिन्छ जसलाई अबुझा मुहूर्त मानिन्छ । अबुझा मुहूर्तमा कुनै पनि शुभ कार्य गर्दा पण्डितबाट कुनै मुहूर्त लिइँदैन । अक्षय तृतीयाको दिन सबै प्रकारका शुभ कार्य गर्न सकिन्छ ।अक्षय तृतीयाको दिन सधैं शुभ किनमेल वा शुभ कार्यमा वृद्धि हुने जनविश्वास रहेको छ । अक्षय तृतीयाको दिन शुभ कार्य, दान, स्नान, जप आदि गर्दा शुभ फलको कमी कहिल्यै नहुने विश्वास गरिन्छ । अक्षय तृतीयाको दिन विशेषगरी सुनका गहना खरिद गरिन्छ ।
अक्षय तृतीयाको दिन के के भएको थियो,यस्तो भन्छ शास्त्र
भगवान परशुराम र हयग्रीवले अक्षय तृतीयाको दिन अवतार लिएका थिए।
त्रेतायुग पनि यही तिथीबाट सुरु भएको थियो ।
अक्षय तृतीयाको दिन भारतको उत्तराखण्डमा श्री बद्रीनाथ जीको द्वार खोलिन्छ।
धार्मिक ग्रन्थका अनुसार महाभारतको युद्ध अक्षय्य तृतीयाको दिन समाप्त भएको थियो ।
धार्मिक शास्त्र अनुसार अक्षय तृतीयाका दिन द्वापर युगको अन्त्य भएको थियो ।
धार्मिक कथा अनुसार अक्षय तृतीयाको दिन सुदामा भगवान कृष्णलाई भेट्न आएका थिए ।
अक्षय तृतीयाको शुभ दिन वृन्दावनमा रहेको बाँके बिहारी जीको मन्दिरमा श्री देवताको चरणको दर्शन हुन्छ । यो आजकै दिन वर्षमा एक पटक मात्र खुल्छ ।
वेदव्यास र भगवान गणेशले अक्षय तृतीयाको दिनदेखि महाभारत ग्रन्थ लेख्न थालेका थिए।
धार्मिक ग्रन्थका अनुसार अक्षय तृतीयाको दिन माता गंगा पृथ्वीमा आएकी थिइन् ।
अक्षय तृतीयाको शुभ दिनमा भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्ने विधि छ । यस दिन विधिपूर्वक भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नाले फल प्राप्त हुन्छ।

