काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित सुनधारा क्षेत्रमा बनेका पार्कहरुमा आकर्षण बढदो छ ।
पछिल्लो समय बनभोज र बिहान बेलुका टहाल्न आउनेहरुको भिडनै लाग्ने गरेको छ । सुनधारा क्षेत्रमा रहेको बन महालक्ष्मी जेष्ठ नागरिक पार्क र मातातीर्थ फन पार्कमा मनोरञ्जनका लागि आउनेको संख्या बढेको हो । चन्द्रागिरि डाँडोको काठमाडौं तर्फको फेदीमा मातातीर्थ मन्दिर नजिकै रहेको उक्त पार्कमा बनेका प्रकृतिक सौन्दर्य,खेल सामग्री,रमाईला बाटोहरु, रेलिङ्ग,बोटबिरुवा लगायतले अगन्तुकको मन जितेको हो । मन बहकाउन आउने बृद्धबृद्धा, शारिरिक अभ्यासका लागि आउने युवा युवती साथै चिप्लेटी,पिङ्ग लगायतमा रमाउने बालबालीकाले पार्क स्थान व्यस्त देखिन्छ । फराकिलो र मनोरम दृष्यावलोकन गर्नेका लागि पछिल्लो समय यि पार्कहरु चन्द्रागिरि नगरपालिकाको नयाँ गन्तब्यको रुपमा बिकास हुदै गएको छ ।


