काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को सहयोगमा नेवाः भ्वय (नेवारी भोज)तालिम २०८१ सम्पन्न भएको छ ।

वन्थवा मिसा पुचःको आयोजनामा ७ दिने तालिम सम्पन्न भएको हो । चन्द्रागिरि १४ मा रहेको वन्थःचा मिसा पुचःले ३० जना महिलालाई नेवारी भोज परिकार बनाउने कला सिकाएको हो ।समापन कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजभाई महर्जनले तालिममा नेवारी संस्कृती,नेवारी परम्परा नेवारी भोजका बिषयमा दिइएको तालिमलाई व्यबहारीक जिवनसंग जोडनु पर्नेमा जोड दिए ।तालिममा सिकेका बिषयहरुलाई प्रशिक्षार्थीले ब्यबसायसंग जोडनुपर्ने भन्दै आवश्यक सहयोगको लागि वडा प्रतिबद्ध रहेको बताए । वडा कार्यालयले महिलाहरु लक्षित उदघोषण तालिम, नेवारी नृत्य,बाजा सम्बन्धी प्रशिक्षण लगायत बिभिन्न किसिमका क्षमता अभिबृद्धी तालिमहरुको आयोजना गरेको बताउदै वडाध्यक्ष महर्जनले सिकेका शिपलाई ब्यबसाय संग जाडन अवहान गरे । तालिममा सहभागी प्रशिक्षर्थीले तालिम तालिम मात्र नभएर नेवारी भोज संस्कार,संस्कृती र आपसी सम्बन्धको प्रतिक भएको बताउदै तालिमबाट उपलब्ध शिपलाई नेवाः संस्कृती जर्गेना गर्न र पुस्तान्तरण गर्न समेत मद्दत मिल्न सक्ने अत्मविश्वास बढेको बताए । तालिममा नेवारी भोज परिकारका २८ बटा परिकार बनाउन सिकाएको प्रशिक्षकले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १४ स्थित ब्राईट फ्युचर स्कुलका अध्यक्ष मोहन कार्कीले नेवाः संस्कृती र नेवारी भोज विश्वकै उत्कृष्ठ सभ्यता भएको बताउदै यसको जगेर्ना गर्न सक्दो सहयोग गर्ने बताए ।

https://www.facebook.com/share/v/19EmWyiMV4/

कार्यक्रममा तालिम प्राप्त प्रशिक्षर्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय