काठमाडौं । स्टार्टअप कर्जाका लागि चन्द्रागिरि नगरपालिकामा रहेका १३ परियोजना छनौट भएका छन ।

आर्थिक वर्ष २०८१/८२ मा युवाहरुले सञ्चालन गरेका ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनौट भएका हुन् । जसमध्य १३ परियोजना चन्द्रागिरि नगरपालिका क्षेत्रमा संचालित रहेका छन । चन्द्रागिरि नगरपालिका क्षेत्रका चन्द्रागिरि वडा नम्बर ४ मा रहेको नामग्यल कुखुरा फर्म, वडा नम्बर १३ मा रहेको दिपशिखा कृषि तथा पशुपंक्षी फर्म,वडा नम्बर ५ मा रहेको फोटो प्लस, वडा नम्बर २ मा रहेको ममता कृषि तथा पशुपंक्षी फर्म,वडा नम्बर २ मा नै रहेको योग्य कृषि फर्म स्टार्टअप कर्जाका छनौट भएका हुन । त्यस्तै चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेको मातातीर्थ एग्रो टुरिजम एण्ड रेष्ट हाउस प्रा.लि,वडा नम्बर १ मा रहेको हिमानी सिलाई सेन्टर,वडा नम्बर १२ मा रहेको मोमस पेपर इन्डष्ट्रीज प्रा लि.,वडा नम्बर ९ मा रहेको न्यु टाउन गार्डेनिङ एण्ड प्लान्स सप्लायर्स,वडा नम्बर ९ मा नै रहेको पी.एस.कृषि फर्म, वडा नम्बर ३ मा रहेको कर्णाली कृषि फर्म स्टार्टअप कर्जाका लागि छनौट भएका छन । वडा नम्बर १४ मा संचालित केशव निर्माण सेवा र वडा नम्बर २ मा संचालित सिग्मा रिफ्रिजेरेसन पनि स्टार्टअप कर्जाका लागि छनौट भएको छ । उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि छनौट गरेको हो । कुल ५ हजार १ सय ५८ उद्यमीले कर्जाका लागि निबेदन दर्ता गरेका मध्येबाट १ हजार ३ सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनौट भएका हुन्। छनौट भएकाहरुले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन् । यसले उद्यमशीलतालाई प्रवद्र्धन गर्न मद्दत पुग्ने सरकारको विश्वास छ । तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म मिल्ने यो कर्जा पाँच वर्षभित्र तिरिसक्नुपर्छ ।कर्जा बैशाख २१ गतेको मितिबाट ४५ दिन भित्र लिइसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय