काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल पाइल्स, फिस्टुला, फिसरको परिक्षण हुने भएको छ ।
विशेषज्ञ डाक्टरद्धारा पाइल्स, फिस्टुला, फिसर लगाएतका गुद्धागत समस्याको परिक्षण तथा निःशुल्क औषधी समेत वितरण हुने भएको हो ।
यहि बैशाख २५ गते बिहीबार बिहान साढे ११ बजेदेखि दिउसो ३ बजे सम्म हुने परिक्षणमा यस्ता समस्या भएका नगरवासीहरुलाई सेवा लिन आउन हुन नगरपालिकाले सुचना जारी गरेको हो ।

