नागरिकको गुनासो नआउने गरि काम गर्न इन्जिनियरहरुलाई नगरप्रमुखको निर्देशन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत भएका प्राविधिकहरुका लागी शुक्रबारबाट उर्जा प्रभावकारी भवन डिजाईन तालिम दिइएको हो ।चन्द्रागिरि नगरपालिकाको सहयोगमा BUILDING Energy Efficiency in Nepal (बिन)ले तालिम दिएको हो । तालिममा चन्द्रागिरि नगरपालिकामा कार्यरत र नगर पालिकामा सुचिकृत भएका करिव ६० जना इन्जिनियर र आर्किटेकहरुको सहभागिता रहेको छ ।कार्यक्रमको सुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख घनश्याम गिरीले सेवाग्राहीहरुले गुनासो नगर्ने गरि कार्य सम्पादन गर्न इन्जिनियरहरुलाई निर्देशन दिए । आफुले दिने सेवालाई प्रष्ट,स्पष्ट,भरपर्दो र संशोधन गर्नु नपर्ने गरि सेवा प्रवाह गर्न उनले सचेत गराए । त्यसो त पहिले पहिले बनेका भवनहरु उर्जा प्रभावकारी भएको तर अहिले प्रबिधीको बिकास भएपनि मौलिकता हराउदै गएको भन्दै गिरीले नागरिकलाई सचेत बनाउने र नगरको निति अनुरुपका भवन निर्माणका लागि तल्लो स्तरमा पुगी काम गर्ने इन्जिनियरहरुको भुमिका महत्वपुर्ण हुने बताए । भवन निर्माणका नितिगत बिषयमा नगरपालिका कडाइका साथ अघि बढने बताउदै गिरीले तालिम महत्वपुर्ण र प्रतिफल युक्त हुने विश्वास व्यक्त गरे ।चन्द्रागिरि नगरपालिकाको पूर्वाधार समितिका संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले भवन निर्माण मापदण्डका सम्बन्धमा पूर्वाधार समिति र बिधायन समितिमा घनिभुत छलफल भइरहेको र चाडैनै कार्यान्वयन तहमा आउने जानकारी दिए । उनले वडा स्तरमा प्रबिधिक टोली गठन गर्न सुझाव समेत दिए । चन्द्रागिरि नगरपालिका क्षेत्रमा भवन निर्माण गर्दा उर्जा दक्षता सम्बन्धि मापदण्ड पालन गर्ने नगरपालिकाको निति अनुरुप प्रबिधिकहरुलाई दक्ष बनाउन तालिम दिइएको हो । भवन निर्माणमा ध्यान नपुर्याउदा बनाइएको भवन अस्वस्थ हुने गरेको तथ्यलाई मनन गर्दै नेपालको भौगोलिक संरचना र तापक्रम अनुरुप घरको डिजाईन गर्न तालिम अपरिहार्य भएको हो । घरमा बिभिन्न उपकरण बाहेकनै कसरी घरलाई उर्जा प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा नै तालिम केन्द्रित रहेको छ । तापिय सुबिधा युक्त घर बनाउदा खर्चिलो हुने भ्रम रहेको बताउदै उर्जा प्रभावकारी भवन बनाउदा करिव ३५ प्रतिशत उर्जा खपतमा कमिहुने बताईएको छ ।भवन निर्माण गर्दा भवनको बाहिरी आवरण,ले आउट,प्रकृतिक भ्यान्टिलेटर,दिवा प्रकाश लगायतका बिषयलाई मध्यनजर गर्दै गारो,छानो,झ्यालहरुमा ध्यानदिनु पर्ने प्रशिक्षकहरुले बताए । घरमा प्रकाश ,हावा पास लगायतका तापिय सुबिधाका बिषयहरुमा बिभिन्न चरणमा कार्यहुने गरेको भएपनि डिजाईन बाटनै सुरु हुनुपर्नेमा उनीहरुको जोड छ ।
BUILDING Energy Efficiency in Nepal (बिन)ले मार्च २०२२ देखि सुरु गरेको यस कार्यक्रममा बागमती,लुम्बिनी र गण्डकी प्रदेशका ६० वटा स्थानिय निकाय संलग्न रहेका छन । बिनले भवन निर्माण सम्बन्धी तालिम,दक्ष जनशक्ति उत्पादन,भवन निर्माणका लागि आवश्यक कर्जा समन्वयन,र नितिगत सुझाव दिदै आएको छ ।

https://www.facebook.com/share/v/16hc6vSHeL/

कार्यक्रमका लागि European Union under SWITCH-Asia Grants Programme ले कोष सुनिश्चित गरेको हो भने ,University of Innsbruck,Austria मुख्य भुमिकामा रहेको छ ।उक्त कार्यक्रमहरु नेपालमा MinErgy Pvt. Ltd ले कार्यान्वयन गर्दै आएको छ । तालिम बैशाख २८ गते आईतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय