काठमाडौं ।चन्द्रागिरि नगरपालिकाको सहयोगमा नगरपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत प्राविधिकहरुका लागि आयोजित ३ दिने उर्जा प्रभावकारी भवन डिजाईन तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको पूर्वाधार समिति संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले चन्द्रागिरि नगरपालिका भवन मापदण्ड लागु गर्ने अवस्थामा रहेको जानकारी दिदै भवन डिजाइन गर्दा घरधनीको मनछुने किसिमले डिजाइन गर्न प्राबिधिकहरुलाई सुझाव दिए ।

नगरपालिकाको प्रबिधिक शाखाप्रमुख लवकुमार गुप्ताले तालिममा सिकेका शिप प्रभावकारी भए पनि नगरपालिकाले ऐनमानै उल्लेख गरेर नियमित प्रकृयामा मापदण्ड निर्धारण नगरिसकेको अवस्थामा तालिमको प्रभावकारीता र सिकेको सिप लागु गर्ने अवस्थाको श्रृजना गर्न नगरपालिका गम्भिर हुनुपर्ने बताए । उनले इन्जिनियरहरुलाई पेशागत मर्यादालाई ध्यानमा राख्दै कलंक र आरोप प्रत्यारोप नलाग्नेगरी काम गर्न ध्यानाकर्षण गराए ।

तालिम आयोजक BUILDING Energy Efficiency in Nepal (बिन)का निमिक्त कार्यकारी प्रमुख उषा मास्केले बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुले धेरै समय खर्चियर सुरक्षित र उर्जाप्रभावकारी भवन निर्माणमा गरिएको अनुसन्धान पश्चात तालिमको कोर्ष स्थापित भएको बताइन । उनले बिन पोजेक्ट बाहेक अन्य संस्थाले यस्तो तालिम दिन नसकेको दाबी गरिन ।तालिम बाट प्राप्त दक्षतालाई कार्यान्वयन गर्न उनले जोड दिइन ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिममा सिकेका बिषयबस्तु नितिगत बाधाका कारण कार्यान्वयनमा लैजान अन्यौल भएको बताए । निति निर्माण गर्ने तहले नितिगत व्यबस्था नगरिदिने हो भने कार्यान्वयन नहुने र लिएको तालिमको कुनै अर्थ नरहने भन्दै आवश्यक निति निमार्णमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिए । चन्द्रागिरि नगरपालिकामा कार्यरत र नगर पालिकामा सुचिकृत भएका तालिममा सहभागी ३८ जना इन्जिनियर र आर्किटेकहरुलाई प्रमाणपत्र दिईएको हो ।

भवन निर्माणमा ध्यान नपुर्याउदा बनाइएको भवन अस्वस्थ हुने गरेको तथ्यलाई मनन गर्दै नेपालको भौगोलिक संरचना र तापक्रम अनुरुप घरको डिजाईन गर्न तालिम अपरिहार्य भएको हो । घरमा बिभिन्न उपकरण बाहेकनै कसरी घरलाई उर्जा प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा नै तालिम केन्द्रित रहेको छ । तापिय सुबिधा युक्त घर बनाउदा खर्चिलो हुने भ्रम रहेको बताउदै उर्जा प्रभावकारी भवन बनाउदा करिव ३५ प्रतिशत उर्जा खपतमा कमिहुने बताईएको छ ।भवन निर्माण गर्दा भवनको बाहिरी आवरण,ले आउट,प्रकृतिक भ्यान्टिलेटर,दिवा प्रकाश लगायतका बिषयलाई मध्यनजर गर्दै गारो,छानो,झ्यालहरुमा ध्यानदिनु पर्ने प्रशिक्षकहरुले बताए । घरमा प्रकाश ,हावा पास लगायतका तापिय सुबिधाका बिषयहरुमा बिभिन्न चरणमा कार्यहुने गरेको भएपनि डिजाईन बाटनै सुरु हुनुपर्नेमा उनीहरुको जोड छ ।

https://www.facebook.com/share/v/19saZj3zBN/

BUILDING Energy Efficiency in Nepal (बिन)ले मार्च २०२२ देखि सुरु गरेको यस कार्यक्रममा बागमती,लुम्बिनी र गण्डकी प्रदेशका ६० वटा स्थानिय निकाय संलग्न रहेका छन । बिनले भवन निर्माण सम्बन्धी तालिम,दक्ष जनशक्ति उत्पादन,भवन निर्माणका लागि आवश्यक कर्जा समन्वयन,र नितिगत सुझाव दिदै आएको छ ।

कार्यक्रमका लागि European Union under SWITCH-Asia Grants Programme ले कोष सुनिश्चित गरेको हो भने ,University of Innsbruck,Austria मुख्य भुमिकामा रहेको छ ।उक्त कार्यक्रमहरु नेपालमा MinErgy Pvt. Ltd ले कार्यान्वयन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय