काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आर्थिक बर्ष २०८१/८२ को चैत्र मसान्त सम्म मात्र १५ प्रतिशत योजना सम्पन्न भएकोे छ ।
नगरपालिका परिसरमा मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले जम्मा १ सय ९० वटा योजना सम्पन्न भएको जानकारी दिए । नगरपालिकाले आ.ब. ८१/८२ मा कुल एक हजार २ सय ४३ योजनालाई स्वीकृत गरेको भएता पनि जम्मा ५ सय ५ वटा योजनामात्र सम्झौता भएको बताए । सम्झौता भएका योजना मध्ये पनि जम्मा ३८ प्रतिशत योजनामात्रै सम्पन्न भएका हुन । नगरपालिकामा यस आ.ब मा २ अर्ब ८१ करोड,३५ लाखको स्विकृत बजेट भएको र चैत्र मसान्त सम्म जम्मा १ अर्ब ३९ करोड मात्र आम्दानी भएको तथ्यांक प्रस्तुत गरिएको हो । यस अबधीमा नगरपालिकाले ५९ करोड ४३ लाख रुपैयाँ चालु तर्फ र ३१ करोड ९१ लाख रुपैयाँ पूँजिगत तर्फ खर्च गरेको हो ।
https://www.facebook.com/share/v/19Q4RDwKhH/
यस अबधीमा नगरपालिकामा २० करोड ९५ लाख ४२ हजार रुपैयाँ कर संकलन भएको र घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड ४९ लाख रुपैयाँ संकलन भएको कार्यक्रममा जानकारी दिइएको हो ।

