काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्वु स्थित सार्वजनिक जग्गालाई उद्योग केन्द्रको रुपमा बिकास गर्न माग गरेको छ ।

चन्द्रागिरि नगर प्रङ्गणमा मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा रास्वपा चन्द्रागिरि नगर समिति सभापति जनार्दन केसीले सरकारी सम्पतीको दुरुपयोग भएको भन्दै शहिद स्मारक प्रतिष्ठान त्रिभुवन पार्क को जमिन नगरको स्वमित्वमा ल्याउनु पर्ने र भेइकल एकेडेमी रहेको जमिनलाई उद्योग केन्द्रको रुपमा बिकास गर्नु पर्ने सहितको प्रतिबेदन पेश गरेका हुन । जिल्ला समन्वय समिति काठमाडौं मातहतमा रहेको चन्द्रागिरि–१२ बलम्वु स्थित उक्त जमिनमा हाल एक निजि कम्पनीले भेइकल एकेडेमी भन्दै भोग चलन गर्दै आएको छ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीलाई पेश गरिएको प्रतिबेदनमा चन्द्रागिरि नगरपालिका भौगोलिक, सांस्कृतिक र आर्थिक दृष्टिले अत्यन्त सम्भावनाशील क्षेत्र भएको बताउदै , शहरीकरण, कम्जोर प्रशासनिक इच्छाशक्ति,सार्वजनिक सम्पतिको लापरवाही,पारदर्शिताको अभाव,र नागरिक सरोकारविहीन निर्णय प्रक्रियाले नगरको दीर्घकालीन विकासलाई खतरामा पारेको उल्लेख छ ।

https://www.facebook.com/share/v/1ArCjZ7GSr/

स्थानीय सरकार जनताको प्रतिनिधि मात्र होइन्, उनीहरूको संरक्षक पनि हो । त्यसैले फुटपाथ विहीन सडक, जनताको पहुँच बिहिन सार्वजनिक योजना,निजि कम्पनीलाई सुबिधा दिने तर जनतालाई उपेक्षा गर्ने अभ्यास अब बन्द हुनु पर्ने रास्वपाको माग छ ।चन्द्रागिरि नगरपालिकालाई विकसको मार्गमा पारदर्शी, समावेशी, प्रविधिमंत्री र जनकेन्द्रित शासनमा बदल्न कटिवद्ध रहदै स्थानीय सरकार संग हातेमालो गर्दै समुन्नत नगर निर्माणमा सहकार्य गर्ने प्रतिवद्धता संगै अनियमितता भ्रस्ट्राचार, स्थानीय सरकार संचालन ऐनको बर्खिलाप गरिने जुनै पनि कार्यको खुलेर विरोध तथा सार्वजनिक न्यायिक समाधानको उपाय अपनाउने स्पस्ट धारणा समेत स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय