काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानिय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

https://www.facebook.com/share/v/1BqknxqfVE/

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएको छ ।उपत्यकाका ६ वटा दमकल पनि आगो निभाउन परिचालन भएका छन ।बुधबार बिहान करिव साढे ६ बजे आगलागी सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय